सज्जन जस्तै लाग्छन, साला जालीहरू
सुम्सुम्याउदै भाच्छन, कोमल डालीहरू
फूल गोड्ने भन्दै बगैचामा छिर्छन
कोपिला नै चुड्छन्, कत्ति मालीहरू
अनुहार देखे जस्तो, हुदैन नि मान्छे
बेसन दल्छन बाहिर, भित्र कालीहरू
पापसँग धर्म साट्न खोज्छन कोही
मन्दिर पुग्छन तिनै, बोकी थालीहरू
बाहिर पखालेर नाटक गर्नेहरू
छोप्न खोज्छन भित्री, गन्धा नाली हरू
