Skip to content

बिल्कुलै नयाँ संसार


बिल्कुलै नयाँ संसार बनाएर ।
ऊ गई मलाई वारपार बनाएर ।

अहिले ऊ ठुलो महलमा बस्छे,
आफ्नो जित मेरो हार बनाएर ।

सम्झिनु नि मुस्किल भएको छ,
मर्नु न बाँच्नु बारबार बनाएर ।

के गर्यौ तिमीले हे जगत पिता,
ज्यानै लिने कस्तो प्यार बनाएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *