तिम्रो र मेरो भेट भयो कान्छा भद्रपुर बजारमा
तिमी त सारै मायालु रैछौ एक मात्र हजारमा
कान्छा एक मात्र हजारमा……………
तिमी र हामी सँगसँगै घुम्यौ नक्सालको बजार
झझल्को मलाई आइरहन्छ सधै त्यो तिम्रो मुहार
कान्छा त्यो तिम्रो मुहार……………
मेची पुृल तरी काटेर जाँदा पुगियो भन्सार
तिमी र हामी भेट हुन्दा कान्छा बिर्सियौं संसार
कान्छा बिर्सियौं संसार…………..
मायाको चिनो साटेथ्यौं हामीले बीच बाटो गएर
छाडेर अब नजाऊ है कान्छा पिरती लाएर
कान्छा पिरती लाएर………………

सविताजी यो गिती कवितामा निकै
सविताजी यो गिती कवितामा निकै राम्रो भावना र कल्पनाकाे सयोजन भएकाे देखियाे । तपाइँका रचनाहरु म धेरै अघिदेखि नै पढ्दै अाएकाे छु । लाेकलयमा तपाइँकाे निकै अास्था रहेको देखिन्छ । लोकलयका साना गीतहरु लेख्ने तपाइँमा धेरै क्षमता रहेको देखिन्छ । आफ्नो लेखनलाइ तपाइँ जुसुकै हालतमा पनि जारिराख्नुहोला । म यो अनुराेध पनि गर्दछु । अग्रगामी र सकारात्मक साेच भएका रचनाहरुकाे निर्माणमा तपाइँलाइ सफलता मिलोस् । लेखाइमा पनि पर्याप्त शुद्धता रहेको छ यही गतिले रचनाहरु लेखिरहनुहोस् हार्दिक शुभकामना ।
धन्यबाद होम सर
धन्यवाद सर । मलाइ होसला दिनु भएकाेमा यहाँदेखि अाभारी छु । हजुरको चाहना अनुसार म अाफूलाइ साहित्यमा लगाइरहने छु । मेरो रचना पढेर प्रतिक्रिया जनाइदिनु भएकाेमा धन्यवाद ।
म खुसी भएँ
मेरो प्रतिक्रिया उपर तत्काल अाफ्नो समर्थन जनाउनु भएकाेमा म सविताजीप्रति सारै प्रसन्न भएँ । जाेसुकै ता मेैले दिएकाे सुझाबमा वास्तै गर्दैनन् तर तपाइई भने बडाे सचेत देखिनु भो । तपाईमा सम्भावना चहकिलाे छ । तर किन हो तपाईको फोटो मझेरीका रचनाहरुमा देखिएकाे छैन नि । बरु एडमिनलाई फोटो पनि अाफ्नाे रचनाहरुमा समाविष्ट गर्न अनुराेध गर्नुहोला ।
धन्यवाद ।
जुहारी
यो कस्तो खाले संवाद हो ?
मलाइ, होसला, यहाँदेखि, आफूलाइ, तत्कार, आफंनो आदि पनि निकै सुद्द लग्यो | बधाई छ दुवै साहित्यकारज्यू |