Skip to content

डिसीमा प्राज्ञ हरिबहादुर थापा अभिनन्दित

20160515_BijayThapa-News


विजय थापा,
वाशिंगटन डिसी

गीति नाटक ‘मालती मंगले’का चर्चित नायक हरिबहादुर थापालाई वाशिंगटन डिसीमा मे १४ तारिख अभिनन्दन गरिएको छ । डिसी महानगर क्षेत्रमा क्रियाशील रहेको गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको पहल तथा अन्य डिसी क्षेत्रका संघ तथा संस्थाको सयुक्त सहयोगमा नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई रंगमंच सम्राट उपाधिले अभिनन्दन गरिएको छ ।

उक्त कार्यक्रममा प्राज्ञ हरिबहादुर थापाको उत्कृष्ट दश नाटकहरूको केही अंश समेत रहेको ‘पाइलाहरू’ नामक भीडियो सिँढी मन्चन गरियो । यसको साथै वरिष्ठ कलाकार थापाले जीवन्त अभिनयका साथ आफ्नो भूमिका निभाउनु भएको नाटकको भीडियो प्रदर्शन गरियो ।

कार्यक्रममा डिसी वरपरका संघ तथा संस्थाका प्रतिनिधि,बुद्धिजीवी वर्ग,कलाकार,साहित्यकार,व्यवसायी तथा बिशिस्ट व्यक्तिहरूको उपस्थितिरहेको थियो । भीडियो प्रदर्शन तथा सम्मान पश्च्यात प्राज्ञ थापाले संक्षेपमा नेपालमा नाटकको ईतिहासको र अहिलेसम्म भएका उपलब्धि,अवस्था आदि ईत्यादी बारेमा समेत बोल्नुभएको थियो । वरिष्ट कलाकार थापाले प्रत्यक्ष छोटो अभिनय समेत प्रस्तुत गर्नुभयो । प्राज्ञ थापाले मन्तव्य दिने क्रममा आफ्नी जीवनसंगिनी मिठु थापाको कारण आज यो उचाइसम्म पुग्न सकेकोमा भावुक हुँदै हार्दिकता प्रकट गर्नुभएको थियो । साथै कलाकार थापाले आयोजक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा सहयोग गर्ने सबै संस्थालाई आफूलाई अवसर दिएकोमा धन्यवाद दिनु भयो ।

कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका पूर्व अध्यक्ष सागर कंडेलले प्राज्ञ थापाको परिचय दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबासका कार्य बाहक राजदुत ऋषि राम घिमिरेले प्राज्ञ थापा उच्च तह तथा प्रतिभाका धनी भएको चर्चा गर्दै मालती मंगले आफूले २०४२ सालमा हेरेको स्मरण गराउनु भयो । प्रमुख अतिथि घिमिरेले ‘पाइलाहरू’ नामक भीडियो सिँढी मन्चन गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए अमेरिका भर्जिनिया शाखाका महासचिव कृष्ण भण्डारीले सबै संस्थाको तर्फबाट स्वागत मन्तव्य राखेका थिए । यस्तै गरी अनेशासका संस्थापक अध्यक्ष तथा तथा उपन्यासकार होमनाथ सुबेदी,लोक गायक राम प्रसाद खनाल,कवि तथा नाटककार हेमन्त श्रेष्ठ,नेपाली जन सम्पर्क समिति भर्जिनिया शाखाका अध्यक्ष राम शरण हुमागाईले प्राज्ञ थापाको बारेमा मन्तव्य दिदै सबैले मालती मंगले हेरेको चर्चा गरेका थिए ।

उपन्यासकार होमनाथ सुबेदीले रंगकर्मी थापा सामान्य कलाकार हैन भन्दै सरकारले धेरै सम्मान गरेको कलाकार हुनुहुन्छ भन्नु भन्यो भने लोक गायक राम प्रसाद खनालले बोल्दा बोल्दै भावुक बने । यसै गरी जन सम्पर्क समिति भर्जिनिया शाखाका सभापतिले भिडियो हेरेपछि आफूले आधा दर्जनभन्दा ज्यादा हेरेको कलाकारलाई डिसीमा भेट्दा हर्ष लागेको बताए । कार्यक्रममा प्राज्ञ थापाकी जीवन संगिनी मिठु थापालाई पनि खादा लगाई सम्मान गरियो ।

कवि तथा साहित्यकार हेमन्त श्रेष्ठ तत्कालीन समयमा प्रज्ञा प्रतिष्ठानका प्रसाशक भएकोले प्रज्ञा थापाले अभिनय गरेका अधिकांश नाटक पर्दा पछाडिबाट हेरेको छु । र थापाको अभिनयबाट आफू उत्साहित हुने गरेको चर्चा गरे ।

कार्यक्रमको सभापति संस्थाका अध्यक्ष पदम राज रेग्मीले गरेका थिए भने रंगकर्मी थापाको मालती मंगले आफ्ना पिताले हेरेपछि पिताले जहिले पनि ठुलो भए पछि कि चिकित्सक हुनु कि मालती मंगले को मंगले जस्तै हुनु भनी बारम्बार भन्नु हुन्थ्यो भनी चर्चा गरे । अध्यक्ष रेग्मीले आज त्यस्ता धरोहर र वरिष्ठ कलाकार हरिबहादुर थापालाई आफूले अमेरिकामा आफू अध्यक्ष भएको बेलामा अभिनन्दन गर्न पाउदा त्योभन्दा ठुलो कुरा केही हुदैन भने । कार्यक्रम संचालन समाज सेवी दधि राम ढुंगानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *