Skip to content

जस्ले पाएका छैनन छोरी


कुरा काट्छन गाउँभरि के पो पाप भयो छोरी पाई
हासी खुशी काम गर्छिन बाबा आमाको सहारा भई
हुर्मत गर्छन मान्छेहरू जस्ले पाएका छैनन् छोरी!

हात समाई थामी दिने लौरीको सहारा हुन मेरी छोरी
छुनुमुनु छुनुमुनु गर्दै गाउँछिन् गीत आगनमा मेरी छोरी
हुर्मत गर्छन मान्छेहरू जस्ले पाएका छैनन छोरी!

आमा बाबा भन्दै जीवन अर्पण गर्न तयार मेरी छोरी
मुटु गाँठो पर्छ बाकी नै छ तिनलाई सजाउन डोली
हुर्मत गर्छन मान्छेहरू जस्ले पाएका छैनन छोरी!!

सुनिल मणि दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *