Skip to content


बिर्से पनि अरु सबै भेटेको त्यो रातलाई
सम्झी राख्‍नु फुर्सदमा म सम्झन्छु तिमीलाई
सम्झी सारा जिन्दगानी बिर्से पनि मलाई
किन म सम्झन्छु बिर्सी बिर्सी बिर्सी तिमीलाई

बग्छ पानी पुलमुनि त्यो पनि एक कथा हो
तिम्रो मेरो भेट्नु छुट्नु नभनिने बेथा हो
लाग्दैन बाडुल्की आजकल साच्चै भुल्यौ मलाई
दुख्दैछु बल्झेर फेरि सम्झी सम्झी तिमीलाई

कोलाहल छ भीड छ तर भित्र छ एक सन्नाटा
देख्‍ने घाउ छैन कतै दुःखीभित्र छ खाटा
ढुङ्गा भए हुन्थ्यो बरु सम्झन्नथें तिमीलाई
मान्छे हुँ र मुटु जल्छ सम्झी सम्झी तिमीलाई

स्वर – अम्बर गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *