वसन्त आयो भन्छन्
तर खै काफल त पाकेन
कोईली गाउँछ भन्थ्यो
तर खोई कोइली पनि देखिन ।
रङ्गी चङ्गी फुलहरू फुल्थ्यो
अनि धर्ती मगमगाउथ्यो
भमरा पनि देखिन्थ्यो
तर आज
फूल त के कोपिला पनि देखिन
अनि फुल्ने ती हाँगा पनि देखिन
खै कसले साथ दिएन हो
मैले त केही पनि देखिन ।
खुसीयाली छाउँछ भन्थ्यो
जिन्दगीको रुपनै बदलिन्छरे
नयाँ दिन अनि जीवनको सुरुवात
नौलोपन र नयाँ बिहानी हुन्छरे
खै त्यो दिन त आउदै आएन ।
सबै भन्छन
वसन्त आएपछि सारा दुःख सकिन्छरे
अनि चारैतिर मनमोहक छाउछरे
सबै सपनाहरू पुरा हुन्छरे
जीवनको मजानै बेग्लै हुन्छनरे
तर मैले त कसैमा उमंगनै देखिन
मैले त नयाँ जीवनको आभासै गरिन
खै के हो
मैले त वसन्तलाई बुझ्ननै सकिन ।
तर वसन्त त आएछ
ऊ आफैमा, रुप र रंग बिनाको
सौन्दर्य र कला बिनाको
कुनै उन्साह र उमंग बिनाको
निन्याउरो मुहार र भावहिन चेहरा
हो, सायद बिरुपको वसन्त ।
जयदीप मगर
पिंखुरी –९, अदुवाबारी रामेछाप
