लेख्छु आफ्नो भाग्य चाहिएन अरु कोही साथी
चोट दिने आफै थाक्छन छैन कोही भगवानमाथि
दुख सुख आफैभित्र किन बयान गरौ अरुलाई
चलिरहन्छन पाइलाहरू लाग्दैन थकान आफूलाई
छातीभित्र पीडा राखी बाँच्न्ने म स्वाभिमानी
मरेपछि जानु छ एक्लै किन गर्छन मनोमानी
पसिनाको कमाई मेरो आहा छ कति मिठो
आरिस गर्छन मान्छेहरू धोक्छन पाएसम्म पिठो
मेरो भाग्य मेरो कर्म मान्छे गर्छन किन आरिस
हुती छैन फुर्ती गर्छन नित्य अर्काको मालिस
सुनिल मणि दाहाल
