Skip to content

हुती छैन फुर्ती गर्छन


लेख्छु आफ्नो भाग्य चाहिएन अरु कोही साथी
चोट दिने आफै थाक्छन छैन कोही भगवानमाथि

दुख सुख आफैभित्र किन बयान गरौ अरुलाई
चलिरहन्छन पाइलाहरू लाग्दैन थकान आफूलाई

छातीभित्र पीडा राखी बाँच्न्ने म स्वाभिमानी
मरेपछि जानु छ एक्लै किन गर्छन मनोमानी

पसिनाको कमाई मेरो आहा छ कति मिठो
आरिस गर्छन मान्छेहरू धोक्छन पाएसम्म पिठो

मेरो भाग्य मेरो कर्म मान्छे गर्छन किन आरिस
हुती छैन फुर्ती गर्छन नित्य अर्काको मालिस

सुनिल मणि दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *