Skip to content

चुनाव (सूत्रकथा)


– गम्भीर स्वभावको गम्भीर बहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो।

– कुरा कम काम बढी गर्थ्यो।

– चकलेटी स्वभावको प्रेम बहादुर महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो।

– ऊ चाहिने काम कम कुरा बढी गर्थ्यो।

– समयक्रममा ती दुईबीच स्थानीय चुनावमा प्रतिस्पर्धा हुने भयो।

– गम्भीर बहादुरलाई फराकिलो मतान्तरले हराउँदै प्रेम बहादुरले विजयको माला पहिरियो।

– केही पछि भेद खुल्यो,उसलाई जवानी सुम्पिएका महिलाहरूको मतले मात्रै उसले चुनाव जितेको रहेछ।

कुमार काफ्ले
ओखलढुंगा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *