मुटुमाथि ढुङ्गा राखी सम्बन्धलाई तोड्नु पर्यो
नचाहँदा नचाहँदै अन्तै नाता जोड्नु पर्यो
आउँछौ भनी तिम्रै बाटो हेरि बसेँ वर्षौ वर्ष
न खबर न मान्छे बाटो अन्तै मोड्नु पर्यो
म पनि त बेहोशीमा छटपटीदा छटपटीदै
खालि सिउँदो भरेपछि घुम्टो पनि ओढ्नु पर्यो
सँगै बाँच्नेसँगै मर्ने बाचा कसम टुटेपछि
वियोगमा चिच्याउँदै आफ्नै मुटु छोड्नु पर्यो
सिरु सिलवाल
गजलकुञ्ज भरतपुर
