अपरिचित छ दुनिया, यो विरानो शहरमा
नयाँ–नयाँ अनुहार छ, यो पुरनो शहरमा
अपरिचित छ दुनिया, यो विरानो शहरमा
नयाँ–नयाँ अनुहार छ, यो पुरनो शहरमा
सभ्य अनि सचेतको, अभावले गर्दा
सबै अस्तव्यस्त छ, यो सानो शहरमा
कोलाहल र चिच्याहट, जताततै भए पनि
सन्नाटा छाएको छ, यो कानो शरहमा
सडक पेटी नपाएर, सडकमै बस्नेहरू पनि
बसाई सर्दै छन् रे, त्यो फलानो शहरमा
