Skip to content

वीर शहिदहरूको आलो रगत


वीर शहिदहरूको आलो रगत हेर सरकार
निर्दोष जनताहरूको हालत हेर सरकार

हरेक पल–पलमा बल्झिरहने
त्यो घाउहरूको खत हेर सरकार

सत्तामा पठाउन तिमीलाई दिएको
जनताहरूको अमूल्य मत हेर सरकार

शहिदको वलिदान खेर जान दिन्न भन्दै
मन्त्रीहुँदा खाएको शपथ हेर सरकार

तिमीले त देखायौ सत्ताको शक्ति
अब हाम्रो कलमको तागत हेर सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *