मानवमा नै मानवताको अभाव भएपछि
स्वार्थी अनि घमण्डी स्वभाव भएपछि
यहाँ मेरर बाँच्न बाध्य छन् मान्छेहरू
जिन्दगी जिउनै पर्ने दवाव भएपछि
गरिब दुःखीहरूको त स्थान नै छैन
पैसावालाहरूको छुट्टै रवाफ भएपछि
गुन्यु चोली, दौरा सुरुवाल चिन्दैचिन्दैनन्
पश्चिमेली संस्कृतिको प्रभाव भएपछि
