Skip to content


आओस् जे पनि देशभित्र जन हो त्यो शान्ति नै चाहियो
भौँतारी कति हिँड्छ मानव यहाँ भन्दै त्यही चाहियो
पार्ने त्यो मन नै खुसी भई नीलो आकाश नै चाहियो
त्यस्तो स्वच्छ हावा र निर्मल जलै पृथ्वी त्यही चाहियो ।

मान्छेका मन ती विचार असलै सोचाइ नै चाहियो
उस्तै त्यो मनको बिबेक जनको ठूलो त्यही चाहियो
सोझा सज्जन ती डुबेर नमरे छाती महान् चाहियो
चौतारी डिलका वतास शिरिरी भञ्ज्याङ त्यही चाहियो ।

पानी कल्कल भै फिजाइ मधुरो सुन्ने ध्वनि चाहियो
सेता छङछङ नै फिजाइ वहने झर्ना त्यही चाहियो
झुल्के घाम छटा अहो ! हिमचुली त्यो दृश्य नै चाहियो
अग्लो त्यो शिर एक विश्व भरको अग्लो अझै चाहियो ।

सोझा ती निमुखा उठाइ सवलै पार्ने यहाँ चाहियो
सारा एक समान देख्छु जसले त्यस्ता जनै चाहियो
काँडा सज्जनमा विजाइ दुखे झिक्ने यहाँ चाहियो
बोक्ने त्यो भरिया चुहाइ पसिना माटो यहाँ चाहियो ।

बोक्ने देश जुरुक्क पारि अब ती मान्छेहरु चाहियो
त्यो ढुङ्गा नि रसाउने मलमको तत्वो यहाँ चाहियो
काधमा काँध मिलाउ एक जन हो स्वर्गै यहाँ चाहियो
हाम्रो यो अमरापुरी सरहको देशै अहा Û चाहियो ।

-दुराडाँडा, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *