Skip to content

सम्बन्धको डोरी


सम्बन्धको डोरी मात्र बाटेर गई ऊ
आउँछु भनेर मलाई ढाँटेर गई ऊ

एकातिर पर्खिरहे अर्कोतिर देखी
हेर्दा हेर्दै डाँडा काँडा काटेर गई ऊ

अनगिन्ती जूनहरू बोलाएर ल्याए
वादल झै आकासमा फाटेर गई ऊ

कसम खानु खुवाउनुको अर्थ रहेन
बिनासित्ती मुटु – मुटु साटेर गई ऊ

यतिसम्म गिर्छे भन्ने विश्वास थिएन
आखिरमा थुकेकै थुक चाटेर गई ऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *