१
कतै तिमीबाट म पार भए भने
नजिक भएर नि बेकार भए भने
के गरेर दिन बिताउलीउ र खै,
तिमी माथि नै उल्टो भार भए भने
२
मैले बस्ने चौतारिको बर ढल्यो क्यारे
दरीलो दुई मुटुको घर ढल्यो क्यारे
अचेल त तिनै गाउँघरका कुरा गर्छीन
आलिशान महलहरूको शहर ढल्यो क्यारे
