मिति २०७३ जेष्ठ १९गते नवलपरासीको कावासोतीमा रहेको सिद्धार्थ आवासीय उच्च माविमा बुधबार वातावरण दिवसको अवसरमा कविता प्रतियोगिता सुसम्पन्न भएको छ ।
वातावरण दिवस साताव्यापी मनाउने कार्यक्रम अन्तरगत बुधबार कावासोती नगरपालिका स्तरीय अन्तर मा.वि.कविता प्रतियोगिता भएको हो ।
यो कार्यक्रमको आयोजना पिईएडिएफ(PEADAF) कावासोतीको र कावासोती नगरपालिकाको सहयोगमा भएको हो ।
उक्त प्रतियोगितामा विवेक अधिकारी प्रथम, अनिष गिरी द्वितीय, प्राकृति पाण्डे तृतीय र सौरभ कंडेल र सुमन चापागाईले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
सुधन लम्सालको सभापतित्व र साहित्यकार सदानन्द अभागीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वातावरण विद संगीता सुवेदी, सिद्धार्थ आवासीय उच्च माविका प्रिन्सिपल भोजराज दाहाल, महिला साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ, नारायण पाण्डे, भीम कंडेल दीपक घिमिरे, विमल चापागाई, करुण लम्साल, सूर्यप्रसाद भट्टराई, हिमलाल चापागाई, तुलसीदेवी सिग्देल लगायतले शुभकामना मन्तव्यको साथै कविता वाचन गरेका थिए ।
प्रतियोगितामा नवलपुर एकाडेमी, ज्ञानोदय मा.वि.लडबुद्ध एकेडमी वो्र्डिङ स्कुल, नोवल एकेडमी, बोर्डिङ स्कुल, सिधार्थ उ.मा.वि. जीवन ज्योति उ.मा.वि.बाट १० जना विद्यार्थीले प्रतियोगितामा भग लिएका थिए भने यी स्कुलबाट शिक्षक तथा विद्यार्थीहरू गरी ७०जनाको सहभागिता भएको थियो ।
प्रतियोगगितामा संख्या न्यून देखिए पनि कार्यक्रममा प्रस्तुत कविताले आज विश्वव्यापी देखिएको वातावरण प्रदुषणको वास्तविकतालाई सहज र सरल रूपमा प्रस्तुत भएको थियो ।हरेक कविताले जलवायु परिवर्तन पलाष्टिकले निम्त्याउने प्रदुषण सरायनहरूबाट मानव जीवनमात्र नभै जलचर थलचर, माटो आदिमा देखिन आएको नकरात्मक प्रभावलाई लोकलयमा प्रस्तुत गरिएको थियो ।
