Skip to content


कोही भन्छ पहाड मेरो कोही भन्छ तराई
अखण्ड यो नेपालका कोही छैनन् पराई ।।

गरिबी र उत्पिडनले नेपाल आमा रुदाँ
खेली राछन फोहरी खेल देश खोक्रो हुदाँ
स्वाभिमानी बनौ अब देश विकास गराई
अखण्ड यो नेपालका कोही छैनन् पराई ।।

आफ्नो गाउँ आफै बनाऊँ भन्ने मन्त्र जपौ
घरघरबाट उठी अब एक एक ईटा थपौ
जागौ अब जनता सबै नबसौ है डराई
अखण्ड यो नेपालका कोही छैनन् पराई ।।

कोही भन्छ पहाड मेरो कोही भन्छ तराई
अखण्ड यो नेपालका कोही छैनन् पराई ।।

घनश्याम शर्मा पौड्याल
रापाकोट-७,स्याङ्जा
हाल: पोखरा,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *