Skip to content


सामन्तीका अवशेषहरू
जुर्मुराइरहन्छन
रंगमन्चमा उदार बन्छन्
भित्र खाल्टो खन्छन

हिडने बाटो बार हाल्छन्
चढला शिखर भनी
सभ्यताको खोल ओढेका
नर पिचास बनी

पुराना रूख ढल्दै जॉंदा
नयॉं पलाउदै छन्
अँझै पनि तिनकै सास
थामी चलाउदै छन्

वर्षैंदेखि थिचिएका
पत्झरका हॉंगा
बन्दैछन् लिस्नो तिनी
हरेक पहरा-छाङ्गा

बल्दैछन् जल्दै छन् आफै
अवसेष सखाप पार्न
आफू भष्म भए पनि
तिन्लाई निर्मूल पार्न

हरेक कदम रोकन तिमले
गर्यौ भने चासो
नाना भाति बाहनामा
हाल्न खोजे भाचो

जति रोके रोकिने छैन्
तिम्ले कदम रोक्दा
हतो साहितका शब्द हरू
तिम्ले जति खोकदा

बल्ने आगो बलिरहन्छ
चल्छ चल्ने कलम
धरसायी पक्कै हुन्छ
तिम्ले पाल्ने भ्रम ।

तुलसिंह नेपाली
दैलेख
हाल यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *