सियो खोइ सियो
ऐले यहीं थियो
ऐले पर्यो काँ काँ
खोज तीखा आँखा ।
सानुसानु सियो
काम ठूलो थियो
कता परिदियो
सियो खोइ, सियो ।
हराएको सियो
लुकी गर्छ चियो
हेर हेर, आँखा
हेरेको हो काँ काँ
आँखा यता नजा
लुक्नु कति मजा !
पैले त्यसै फाल्यौ
ऐले भन्न थाल्यौ
