तीर्थ ब्रत गरेर पुण्य नहुँदो रै’छ
सन्तुलन गुमेपनि, दिमाग शून्य नहुँदो रै’छ
फेरि खै के कचहरी हुँदैछ नेपथ्यमा
मान्छे मारेर मान्छे, धन्य नहुँदो रै’छ
न गरिखाने, नगर्न दिने पाठशाला चल्दैछ
उपद्रो नगरी कोही गन्य, नहुँदो रै’छ
बाँचुन्जेल आफै ‘राजा’ हुनैपर्ने राजनीतिमा
जनताको पक्षमा ‘मने’ नहुँदो रै’छ
शिवराज योगी
