Skip to content

पुनरावृत्ति

AmarTyagi


-अस्तिसम्म उसको जागिर थियो र ऊ मसँग टाढिएर हिँड्थ्यो।

-हिजो ऊ भ्रष्टाचारमा पर्यो र उसको जागिर गयो।

-आज उसले मसँग मित्रता गाँसेको छ र जागिर मिलाइदिन आग्रह गर्दैछ।

-भोलि मेरो मन पग्लनेछ र म उसलाई जागिर लगाइदिनेछु।

-पर्सी ऊ जागिरदार हुनेछ र उसको शानसौकात बढ्नेछ।

-त्यसपछि क्रमशः पुनरावृत्ति हुनेछ।

अमर त्यागी
ओखलढुंगा,
हाल अमेरिका।

Leave a Reply

Your email address will not be published. Required fields are marked *