Skip to content

एक दिन त्यो नराम्ररी हेर बजारिन्छ


एक दिन त्यो नराम्ररी हेर बजारिन्छ
राम्रो भनौँ मानिसको मुन्टो बटारिन्छ

कसैलाई यत्ति धेरै विश्वास नगर्नुहोस
पिरतीमा आकासको जून त झारिन्छ

बिस्तारै बिस्तारै हाँक्नु जीवनको बस
गन्तव्यमा पुग्दैन ती जो जो हतारिन्छ

सफलता नजिक छ सपना देख्नेहरू
नियात्रामा हिड्नेहरू उठ्छ पछारिन्छ

आऔँ प्रतिपक्षी यस्तो खेल खेलौँ जहाँ
न जितिन्छ कोही कसैले न त हारिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *