Skip to content

रमाएर जिउन सिकौं


बाँचुन्जेल रमाएर जीवन जिउन सिकौं
वीरताको इज्जत कमाएर संधै जिउन सिकौं

दुखी, बेसहारालाई अँगालो हाल्न सिकौं
मिठो बोली र बचन दिएर संधै जिउन सिकौं

कठ्यांग्रिएका दुखी जीउलाई मलम लगाउन सिकौं
मानवताको परिचय दिएर संधै जिउन सिकौं

सेवा नै धर्म हो सधैं समाजसेवा गर्न सिकौं
दुई दिनको जिन्दगीमा हाँसीखुशी जिउन सिकौं ।

सुनिल मणि दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *