Skip to content

धारिलो मौनता (छोटो कविता)


बरु ! तथाना म गाली गर,
चिमोट, चिथोर या भुत्ल्याऊ मलाई
तर !
त्यो भित्तामा उभिएकी मोनालिसाको तस्वीर झैँ
तिमी, कहिल्यै मौन नबस प्रिय !
किनकि,
तिम्रा शब्दहरूले त केवल, मन दुख्थ्यो मात्रै
आँखाहरू केवल, रुन्थ्यो मात्रै
तर !
तिम्रो केही क्षणको मौनताले,
यो मन भत्भती पोल्दोरहेछ
साँच्चै !
बचनभन्दा कयौं गुणा धारिलो त
मौनता हुँदोरहेछ
त्यसैले, मेरो बिन्ती छ तिमीलाई !
मेरो कारणले कहिलेकाहीं मन दुखे पनि
रिसका पारोहरूले उचाईको हद नाघे पनि
तिम्रा ती गुलाफीओठहरू चलाउन चाहिँ
कहिल्यै नछाड है ?

–वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *