Skip to content

यस्तो लाग्छ


हाम्रो पुरानो चिनजान थियो र सम्झिरहे
एउटा बेग्लै पहिचान थियो र सम्झिरहे

घाँस दाउरा मेला पात सधैंसँगै गर्थ्यौ
मित्रताको नाता महान थियो र सम्झिरहे

जहाँ जाऊ जता जाऊ सर्वोपरी हाम्रै चर्चा
अनि सबैमाझ सम्मान थियो र सम्झिरहे

आखिर हामी भेटिनु र छुटिनुमा यहाँ
सायद सत्य वरदान थियो र सम्झिरहे

राम अप्रिय
पाँचथर
हाल: साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *