Skip to content

दुई मुक्तक (जाँदैछौ जाऊ)


१)
जाँदैछौ जाऊ कहिल्यै बाटो नभुल्नु
आफू जन्मेको हुर्केेको माटो नभुल्नु
श्राप लाग्ला है फेरि आमा-वुवाको
बल्झिरहने घाउको खाटो नभुल्नु ।

२)
जीवनको भार एक्लै बोक्न सक्ने भए
दुःख सुख तराजुमा जोख्न सक्ने भए
जीवनै बिताउन चाहन्नथे तिमीसँग
मनको पीडा एक्लै भोग्न सक्ने भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *