Skip to content

अविस्वसको धारले समबन्ध काटेको पाएँ


अचेल उस्को र मेरोबीच
विश्वासको खडेरी लागेको छ,
हासो र मिलनबिचको त्यो पलहरू
धुलमिलन थालिएको छ

बुझ्न सकिन किन खै के भयो ?
समिश्रित त्यो हृदयमा खै कस्ले नून छर्यो ?
शब्दपिछे आशंकाको घेरा लाग्न थाल्यो
विश्वासको त्यो आगन खै कस्ले वितृष्ण जगायो ?

मेरो समबन्ध तनले होइन हृदयबाट थियो
दुई पाईलाका लागि नभई सार्थक जीवन जिउनलाई थियो
तर हिडदा हिडदै वितृष्णको कस्तो मोड आयो
खै के के भनै मैले उनको र मेरे विछोडको क्षण आयो

पिरती गर्न खैचीले जन्दैन बुझनु थियो हामीले
सियो र धागो झै बन्नु थियो हामीले
ठुल्ठुलाको पछि परि सानालाई तुच्छ ठानेकोथ्ये हामीले
दुई तनको मिलन तोडेर गयो अविश्वसत त्यो क्षणले

सियो र धागो झै मन अनि तनलाई सिउन सिके मैले
मायाको चौतारीमा विरहको फुल लुकेको देखे मैले
हासिरहने ओठमा निराशताको बादल छाएको पाए मैले
समबन्धको डोरीलाई अविश्वासको धारले काटेको पाए मैले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *