भो तिम्रो मायालाई, धान्न सक्दिन म
के छ तिम्रो मनमा, जान्न सक्दिन म
मौसम जस्तै जिन्दगी, भर छैन केही
गर्छु भन्छौ प्रेम तर, मान्न सक्दिन म
भन्न त भन्छन् सबै, आफ्नै हौ भनी
को आफ्नो को पराई, छान्न सक्दिन म
बनवटी साइनो यहाँ, कति हुन है कति
जबर्जस्ती नजिक हुन, तान्न सक्दिन म
रञ्जना न्यौपाने
चरीकोट, दोलखा

nice
nice 6
http://www.makaronline.blogspot.com