जति फूर्ती छाँटे पनि मर्नै पर्छ एक दिन त
सुन्दर् फूल फुले पनि झर्नै पर्छ एक दिन त
ठूलो सानो भन्ने भेद छुट्टाउने नै कसरी खै
मरेपछि चितामाथि पर्नै पर्छ एक दिन त
बाढी पहिरो झरी बादल वर्षाले हान्दा लात
प्राण धान्न बासै छाडी सर्नै पर्छ एक दिन त
अजम्बरी कोही छैन जानु नै छ सँसार त्यागी
ढिलो चाडो सबको अन्त्य गर्नै पर्छ एक दिन त
म नै ठूलो म नै जान्ने कति दिन लाउने फुर्ति
चितामाथि निरीह बनी ठर्नै पर्छ एक दिन त
-घनश्याम शर्मा पौड्याल
पोखरा नेपाल
