Skip to content

जति फूर्ती छाँटे पनि


जति फूर्ती छाँटे पनि मर्नै पर्छ एक दिन त
सुन्दर् फूल फुले पनि झर्नै पर्छ एक दिन त

ठूलो सानो भन्ने भेद छुट्टाउने नै कसरी खै
मरेपछि चितामाथि पर्नै पर्छ एक दिन त

बाढी पहिरो झरी बादल वर्षाले हान्दा लात
प्राण धान्न बासै छाडी सर्नै पर्छ एक दिन त

अजम्बरी कोही छैन जानु नै छ सँसार त्यागी
ढिलो चाडो सबको अन्त्य गर्नै पर्छ एक दिन त

म नै ठूलो म नै जान्ने कति दिन लाउने फुर्ति
चितामाथि निरीह बनी ठर्नै पर्छ एक दिन त

-घनश्याम शर्मा पौड्याल
पोखरा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *