तिम्रो सुन्दरतको त्यो गहिराइमा
म त डुबिसकेको छु
तिम्रो मृगनयनी सपनाको तालमा
म हृदय खोली पौडिसको छु
त्यो चन्चचले यौवनको बासनामा
म आफैलाई सुम्पिदिएको छु
तिम्रो कोमलमय स्नेहकोसामु
आफैलाई भुलिसकेको छु
अन्यास तिमीबाट फैलिएको प्रेमका आगोमा
म शितलताको छाया बनेकोछु
तिम्रै वेहोसी सम्बन्धको यो साइनोमा
जीवनको नयाँ पालुवा फुलने बाटो देखेको छु
भावना हुन कि सत्याता जीवनको यो क्षणमा
आत्मपान गर्न पर्खेको छु
तिम्रो माया फुल भनी हरेक पलमा
स्नेहमय जलजल अर्पण गरेको छु ।
