१)
आफ्नो मनलाई रोक्न सकिन
तिमीबाहेक कोही रोज्न सकिन
सबै छोडी कतै टाढा जान खोजे
तर तिम्रो वियोग भोग्न सकिन ।
२)
हाम्रो जीवनमा नयाँ रंग छर्न सके भने
तिम्रो सिउँदोमा सिन्दूर भर्न सके भने
मजस्तो भाग्यमानी कोही हुने थिएन
सँगै जिउन अनि सँगै मर्न सके भने ।
