हुनेलाई के को चिन्ता
तीज त झुम्का लगाएर
जुल्फी लर्काएर आउँछ
नहुनेलाई उफ ! तीज,
हरे, किन आउँछ, किन आउँछ ?
हातमा सुनको बाला
गलामा तिलहरी अनि
रातो सारी बोकेर
तीज त आउँछ
अचेल संस्कारभन्दा
कुसंस्कार बोकेर आउँछ
विकृति, विसंगति बोकेर, उफ ! तीज
हरे, किन आउँछ, किन आउँछ ?
मालिक्लिनी साहेव भनाउँदीलाई
ब्रतभन्दा गहनाको मागको लागि
जसको आयु लामो होस् भनेर ब्रत बस्ने हो
उसैलाई गाली गर्दै आउँछ,
मौलिकता भूलेर
अंहकारी तीज ! उफ
हरे, किन आउँछ, किन आउँछ ?
सुन्तलीलाई आउँदैन,
मिसेज सकुन्तालाई मात्र आउँछ
एकथरीको लागि मात्र उफ ! तीज
हरे, किन आउँछ, किन आउँछ ?
तुलाधर विश्वकर्मा
खजुराखुर्द १ बाँके, नेपालगन्ज
