आयौ तिमी उजाड जीवनलाई, रङ्गीन सम्झिएर
सम्हाली राखें मैले पनि जीवन, सङ्गीन सम्झिएर
विवशताको हुरीले छुटाएको छ आज साथ हाम्रो,
अँझै भक्कानिन्छु बिछोडको त्यो, दिन सम्झिएर
याद गरी नै रहन्छु मैले नित्य तिमीलाई एकनास
दिन बिताउँदैछु सधैं नै साहुको, ऋण सम्झिएर
घरीघरी सताउँदा परदेशमा तिम्रै कञ्चन मायाले,
हररात तस्विर हेरि निदाउँछु, एकैछिन सम्झिएर
मायाभन्दा पैसा ठूलो होइन, थाहा छ तर पनि,
बसेकोछु ठुलाले हेर्ने बिभेदको, घिन सम्झिएर
-नवराज बुढा नवीन उदासी
बुढागाउँ, रोल्पा
