भनेजस्तो क्याम्पस साँच्चै मन्थलीमा पाएकी छु
कलमकापी सहारा लिई पढ्न भनी आएकी छु ।
अन्धकारमा उज्यालोको घामको किरण छाएपछि
सादा जीवन उच्च विचार, यहाँ शिक्षक पाएकी छु ।
क्रोध हैन गाली हैन, सहारारूपि यस क्याम्पसमा
त्यही भएरै हो बिहानबिहान सदा धाएकी छु ।
जान्नेलाई प्रोत्साहन, नजान्नेलाई हौसला छ
सिकारूलाई ज्ञान रूपि, प्रशंसा हेर्न चाहेकी छु ।
उन्नति र प्रगतिको शुभकामना मन्थलीलाई
बिएड् तेस्रो वर्ष भए पनि, छोटो भाव गाएकी छु ।
कविता पौडेल
मन्थली क्याम्पस, मन्थली, रामेछाप ।
