मानिसहरूले जीवन को परिभाषा आफ्नो आफ्नो ढंगले दिने गर्छन । कसैले जीवनलाई यात्रा भन्छन त कसैले भोगाई अनि कसै कसैले त रंगमंचसँग पनि जीवनलाई तुलना गरेको पाउछौ ।
आफ्नो आफ्नो भोगाइ अनुसार मानिसले जीवनलाई फरक फरक दंगाले परिभाषित गरेको तपाई हामीले पाउने गर्छौ ।
तर मेरो आफ्नो विचारमा जीवन एउटा तरल पदार्थ जस्तै,,जुन रंगको भाडोमा राख्यो त्यही अनुसार त्यसको आकार, रंग र स्वरुप बनिदिन्छ ।
अँझै भनौ एउटा फुलको थुंगा बन्नको निमित्त कयौ पत्रहरू मिलेजस्तै जीवन पनि अनेकौ दुख, पीडा, रोदन, खुसी आदि आदि को संयोजन हो ।
—
सबैलाई आफ्नै जीवनको माया र प्रेम हुन्छ । अनि आफ्नै दुख र भोगाइ ठुलो लाग्छ ।
अहिलेसम्म हामीले कोही भेट्दैनौ कि जो आफ्नो भलाइ छोडेर अरुको निमित्त दुख गरोस ।
यही होला साएद जिन्दगानी जो आफ्नो स्वार्थको लागि रात दिन नभनिकन अहोरात्र खटिरहेको हुन्छ ।
आज जीवनको यो प्रहरमा आएर म यी सारा कुरा सोच्न बाध्य भएको छु । हो यो मनछुने सब्दहरू सहरको एउटा नाम चलेको रेडियोमा बजिरहेको गीतिकथाकोको एउटा अंश सुनिरहँदा यो मन कता कता हराउन पुगेछ ।
झन्डै ५ वर्ष भयो होला उनीसँगको बिछोडमा म आफ्नो जीवनलाई कस्तपुर्न रुपमा बिताउदै उनी आउने बाटोमा आँखा बिछ्याएर उनकै बाटो कुरेको बसेको म एउटा यात्री । मलाई थाहा छैन मसँग भौतिक दुरी टाढा भएपछि उनले अर्थात् रोसिकाले मलाई उतिकै माया गर्छिन या गर्दिनन । हुनत यो बीचमा उनीसँग मेरो प्रविधिको प्रयोग नभएको होइन । फेसबुक, ट्विटरमा हामीले कुराकानी नगरेको पनि हैन, तैपनि जापानको बसाइ धेरै दुख हुन्छ भन्ने सुनेको थिए । उनले हरेक पटक कामको तनावले थकित छु पछि कुरा गरौला ल भन्थिन अनि फोन गरिहल्दा पनि थोरै सन्चो बिसन्चो अनि कामको कुरा गरेर फोन राख्दा म भने उनीसँग बोल्ने रहरलाई मार्न बाध्य हुन्थे तर आज ५ वर्षपछि उनीसँगको भेट मेरो मन हावा सरि उडेको थियो ।
—
गाउमा आफ्नो बाबु आमालाई छोरा छोरीले हेला गर्दा बाबु आमाले भन्ने गर्छन बाबु आमाको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुंगा मुडा माथि हो यो सब्द म सानोमा गाउमा सुन्दा मलाई अचम लाग्थ्यो । तर आज आएर बुझेको छु रोसिकासँग भेट हुनेभन्दा त्यति धेरै खुसी छु र म दुखी छैन घरमा बाबु आमासँग कुरा नहुदा ।
मेरो मनले मलाई नै भनिरहेको थियो कि मलाई एस्तो किन भैरहेको छ ?हिजो साझ मात्र गाउबाट बुढी आमाले एकपटक घर आउन छोराभन्दा मेरो उत्तर थियो आमा म अहिले धेरै ब्यस्त छु पछि समय मिलाएर आउछु । तर यता रोशिकालाई भने म उनले भने जति समय दिन तयार थिए । हो मेरो मन, मेरो तन, मेरो ढुकढुकी उनीतिर नै समर्पित थियो । असार को महिना साझको झन्डै ६ बजिसकेको थियो र रोशिका नेपाल उत्रिसकेकी थिइन् ।
एरपोर्टमा प्लेनबाट झरेपछि उसलाई ५ वर्ष पछि भेट्ने पहिलो व्यक्ति म नै थिए ।
मेरो मन भित्रैबाट एती धेरै खुसी थियो कि जुन खुसीको बयान म आज सब्दले गर्न सक्दिन । हा हा …अँझै भनु ती सब्दहरू छैन होला जुन खुसीलाई म सब्दाले संयोजन गरेर तपाईहरूलाई भनु ?र तपाईलाई सुनाऊ मेरा खुसीका तरंगहरू ।
अलि टाढैबाट मैले उनलाई देखे, टी-शर्ट पाइन्टमा सजिएकी मैले सोचेभन्दा पनि पातली, पहिला जस्तै सिल्की कपाल उनी भित्रबाट ब्यागलाई गुडाउदै एता उता हेर्दै आगाडी बढ्दै थिन ।
मलाई त एस्तो लाग्दै थियो साराले सुन्ने गरे बोलाऊ कि म तिम्रो अर्नब, यता छुl तर फेरि मेरो मनले मलाई रोक्यो अँझ भनौ मेरो लाजले मलाई तगारो हालिदियो र बस म उभिरहे र र उनलाई हेरिरहे ।
—
मेरो छेउमै आएर उनी उभिन मलाई त लागेको थियो रोशिका मेरोसामु आएर मलाई अंगालोमा कसेर बिछोडका दिनलाई सम्झिएर अब कहिले नछुटिने बाचा गरी मसँग मायाका कुरा गर्ने छे र रुने छे तिमी बिना म बाँच्न सक्दिन भन्ने छे तर उनी त उही बाटो बिराएर घरमा आएका बटुवासँग झैँ औपचारिक कुरा गर्दै म तिमीसँग पछि भेटौला भनी त्यहाबाट ट्याक्सी चडी आफ्नो गन्तव्यतिर हुइकिन । कठै मेरो मेरो मन, मेरो सपना येसरी टुक्रियो कि जो अब जोड्न कुनै प्रख्यात कलिगढ़ले पनि सक्दैन ।
मेरो मनले मलाई नै प्रश्न गर्दै थियो कि के उनी मसँग केही समय बिताउन सक्दिन थिन ?
कमसेकम एककप कफी पिउन जेल त मसँग कुरा गर्न सक्थिन ? तर मेरो आशा उनीले येसरी निराश बनाएर जान हुदैन थियो ।
उसै त म उनको यादले पागल बनेको मान्छे त्यही माथि उनको व्यवारले मलाई बलिरहेको आगोमा घिउ थपेजस्तै भयो र मेरो मनमा आगो येसरी दन्कियो कि अब हजारौ दमकलहरू आएपनि यो आगो निभाउन सक्दैन हो सक्दै सक्दैनन् यो मनलाई शान्ति दिलाउन सक्ने छैन कुनै प्रविधिले ।
जीवनमा त्यति बेला पहिलोपल्ट मेरो मनले मलाई त्यति धेरै सराप्यो कि तैले तेरो गाउमा रहेको बुढा बाबु आमाको मनलाई बुझ्न सकिनस भनेर ।
नौ महिना कोखमा राखेर मलाई जन्माएकी मेरी आमा .मेलामा दिएको खाजा अरुले खादा उनले नखाई बेलुका म घरमा भोकै छ भनी उनले चपाएर मलाई खुवाऊथिन आफ्नो फाटेको कट्टुमा रंग नमिल्ने टालो हाली सिएर लाउने मेरो बा मेरो भविष्यको कति चिन्ता थियो तिमीलाई तर मैले यो सहरमा आएपछि सबै भूलेछु ।
सायद यो मेरो जीवनको सबैभन्दा ठुलो गल्ती भयो होला मबाट ।
कोठामा आए एकजना सुत्न मिल्ने खुट्टे खाट, पातलो ओछ्याउने, घरबाट ल्याएको कालो टिनको बाक्सा अनि त्यसमाथिरहेको किताबहरूले मलाई हेरिरहेका छन् र मलाई बेकुफ सम्झिरहेका छन्, मलाई यस्तै लाग्दै थियो ।
दिन बिते रात बिते समयहरू दुखसँगै बित्दै गए तर यो मन हो के लाग्दो रहेछ र उनलाई सम्झी नै रहे ।
कता भेटौ जस्तो, भेटेरसँगै बसी उनको अनुहार हेर्दै डाको छोडेर रोदिउ र सबैलाई मेरो पीडा सुनाईदेऊ जस्तो कुन्नि यो पागल मन के के सोचिरहेको थियो ।
अन्तत उनी त्यो दिन अर्थात् आएको चौथो दिनमा मलाई फोन गरिन र भनिन अर्नब म तिमीसँग भेट्न चाहन्छु के तिमीसँग समय छ ?
हरे भगवान एउटा पानी बाहिर रहेको माछालाई तिमी पानीमा जान चाहन्छौ भनेर सोधेको जस्तै उनको प्रश्न भुइमा पनि झर्ना नपाउदै मैले भनिहाले, रोशिका भन न म कहाँ भेटौ ?कतिबेला भेटौ ?समय र ठाउ उनले नै भनेपछि म उनले भेट्न उनले भनेकै ठाउमा गए । उनलाई भेट्न जादा बाटो भरि मैले सोचे हैन त्यो दिन रोशिकाले त्यो व्यवार देखाउनुमा उनको केही समस्या भएर होला साएद, हो एस्तै एस्तै उनी प्रति म किन त्यति धेरै आशावादी थिए मलाई नै थाहा थिएन ।
जीवनमा केही बन्छु भनेर सहर आएको म कठै उनको माया पाउनुभन्दा ठुलो केही भएन मलाई, सबथोक भूल्न सक्थे उनी मेरो साथमा भए ।
बानेस्वर को एउटा क्याफेमा बोलाएकी उनले म पनि कति बेला भेटु र आफ्नो मनको कुरा उनलाई सुनाऊ अनि उनका कुरा एउटा अबोध बालकले झैँ सुनिरहू यस्तै यस्तै लागिरहेको थियो मलाई ।
अन्तत म त्यस ठाउमा पनि पुगिहाले जहाँ उनले मलाई भेट्न निम्ता दिएकी थिइन् ।
मलाई लागेको थियो उनले भेटेपछि मेरो हालखबर बुझ्नेछिन अनि मसँग भन्ने छिन अस्ति म हतारम थिए त्यसैले तिमीलाई समय दिन सकिन मलाई माफ गर तर मेरो बुझाई ठ्याकै उल्टो बनिदियो र उनले आफ्नो कुरा भन्न सुरु गरिन त्यतिबेला मलाई एस्तो लाग्यो उनलाई मेरो कुनै वास्तै छैन उनी मेरा निम्ति मेरा कुरा सुन्न हैन बस आफ्ना कुरा सुनाउन मलाई भेटिरहेकी छिन ।
उनी भन्दै छिन आजभन्दा २ वर्ष अगाडि फेसबुकमा एउटा केटासँग भेट भयो, समयसँगै ऊसँग निकटता बढ्दै गयो केटा अमेरिकामा बस्छ । र हामी बीच माया बढ्यो र हामी बेहे गर्न भनी छुटी लिएर नेपाल आएको तिम्रो कुरा ऊसँग म गरिरहन्थे केटा को यहा घर बालाजु हो ।
र मेरो बाबा आमासँग पनि उसको कुरा भैराख्छ बाबा आमाले पनि एकदमै मन पराउनुहुन्छ, एस्तै एस्तै अनेकौ कुरा गर्दै थिन उनी तर त्यहाभन्दा अरु कुरा सुन्ने ममा धैर्यता थिएन र एः हो ल बधाई छ तिमीलाई भनेर रुन्चे अनुहार लगाएर म त्यहाँबाट हिड्न लाग्दा पनि तिम्रो अनुहार किन मलिन भनेर समेत सोध्न भयाइनन । मलाई सानो दुख पर्दा आफ्नो दुख सम्झने उनी आज मेरो मलिन अनुहार र परेलीको डिलबाट झरिरहेका त्यो आशुको मूल्य नहुदा म जीवनमा पहिलो पटक मरे, मान्छे एकपटक मर्छ भन्थे, तर मेरो धड्कन नरोकिकन म पहिलो पटक जिउदै मरे भन्ने अनुभूति भयो मलाई त्यो बेला ।
सानोमा म गाउमा हुदा ढुंगामा ठेस लागि मेरो मेरो खुट्टाको औलाबाट रगत बग्दा आतिदै मेरो राजा के भयो भनी आफ्नो त्यो पुरानो मज्यात्रो हतार हतार च्याति मेरो औलामा बाध्न हतासिने मेरी आमालाई सम्झिएर मेरो मुटु छिया छिया भो ।
सायद उनी मेरो मायाभन्दा पनि त्यस केटा को सम्पति र अमेरिका जान पाउने खुसीमा तरंगित थिइन होला ।
म जान्छु भनी त्यहाबाट कफी पिएर छुटिएको म त्यसपछिका केही वर्षहरू कसरी बित्यो होला म आफै भन्न सक्दिन ।
त्यसपछिको केही वर्षको अन्तरालमा मसँग भेट्न खोज्दै थिन उनी मलाई थाहा छैन किन होला ?
यो पनि हुन सक्छ उनी जीवनमा धेरै खुसी छिन त्यही खुसी बाड्न मसँग भेट्न खोज्दैछिन अथवा अन्य कुनै कारण ?मैले जान्न पनि चाहिन यो विषयमा थप बुझन ?
प्रेम, माया भन्ने सब्द छोटा छन् तर एसको अर्थ जति गहिरो हुन्छ जुन कुनै महासागरको हुदैन ।
प्रेम त्यो सक्ति हो जसको कारण जीवनमा धेरै मानिसहरूले प्रगति गरेका छन् र प्रेम त्यो खतरनाक सक्ति पनि हो जसको कारण कयौको जीवन जलेर खरानी भएको छ जसरी कुनै घर एटम-बमले खरानी हुन्छ ।
