Skip to content

तीन मुक्तक (संघर्षमा मेरो)


संघर्षमा मेरो कहिल्यै जित नभएर
दुखः छ आफ्नो कोही मित नभएर
चकित छु म यिनका रुप देखी यहाँ
कोही कसैसँग सम्बन्धित नभएर ।

सम्बन्ध सघै हाम्रो सुमधुर भएछ भने
एक्लोपन पनि आफ्नो दूर भएछ भने
किन चाहियो र सुन चाँदी अनि मोती
आफूसँग नै सधैं कोहीनूर भएछ भने ।

जिउन सजिलो छैन एक्लै, साथी नभएपछि
जीवनसाथी नि धेर–थोर जाती नभएपछि
जिउन त थुप्रैले जिएका छन एक्लै पनि
शुभ चिन्तक आफ्नो तलमाथि नभएपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *