कतै म मरेर तिमीलाई छाडी गएँ भने पनि
पिएर आँशु आफैलाई नदिनु यातना कत्ति
सिंउदोको सिंदुर तिम्रो मात्र मेरो उपहार
साँचेर राख्नु सिंदुरलाई कहिले पनि नपखाल
शृंगार र सौन्दर्यलाई सेतोमा परिवर्तन गरी
पठाउने स्वर्गमा मलाई सिंढी नबनाउनु तिमी
नारी शोभा अलंकार तिम्रो पोते चुरा र लाली
मेटाउनु तिमीले पर्ने छैन यी सबै मेरो लागि
धन्य ठान्छु म दुई मुटु एउटै भै जिएकोमा
छु आभारी तिमीप्रति मलाई साथ दिएकोमा
हृदयदेखि नै मेरो विन्ती छ मेरी मायालु
बाँकी पलहरू जीवनका खुशीसँगै बिताउनु
कतै म मरेर तिमीलाई छाडी गएँ भने पनि
पिएर आँशु आफैलाई नदिनु यातना कत्ति
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
