Skip to content

साइलीरिमै


साइली रिमै चौरी गाई झर्‍यो रिमै मधुवनैमा

उकालीमा जाँदा जाँदै दाइने पर्यो बर
वनमा एक्लै गाई चराउने काँ हो तिम्रो घर

वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो
बाह्रमासे फूलको सारी मखमली चोलो

स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको
कोही बोलेको माया लाग्ने कोही त बिना कामको

हुक्का मेरो सानु सानु नली हात्ती हाडको
यो त भाका ह्याँको हैन पूर्वी पहाडको

शब्द, स्वर: धर्मराज थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *