एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ
अरुले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ
बेमौकाको बादलसरि कति चोटि फाटिदिएँ
जसले मलाई पूजें भन्थ्यो उसकै पनि उपहास पाएँ
एउटा खुल्ला चिठी हूँ म तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि बेकार सम्झी फाले हुन्छ
निष्ठुरीको आस्थाबाट कति चोटि टुक्रिसकें २
जसले मलाई सबथोक ठान्थ्यो उसकै पनि म रेत भएँ २
एउटा सादा कागज हुँ म तिमीले पनि लेखे हुन्छ
अरुले जस्तै लेखेपछि अनर्थ सम्झि मेटे हुन्छ
स्वर – डेजी बराइली
