Skip to content

कैले लहर यो मनमा चल्छ


कैले लहर यो मनमा चल्छ कैले आँधी चल्छ
आँखामा पानी किन भन त मनमा आगो जब बल्छ

कैले तरङ्ग तालमा चल्छ कैले नयनमा चल्छ
प्रश्‍नलाई पनि प्रश्‍न छ मेरो भन पानी किन जल्छ

जब जब मन यो सल्कन थाल्छ हरियाली पनि जल्छ
सोचमा तिमी किन भन त जीवन जब दुई पल छ

आँधी हुरी त चल्छ नै चल्छ तर पनि दियो चै जल्छ
भर अरुको किन भन त आफ्नै भर जब ढल्छ

स्वर – अम्बर गरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *