Skip to content

भेटिनु छुट्टिनु त के हो र


भेटिनु छुट्टिनु त के हो र संसारको रीत हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो

नदिनु साथ कसैको जब अन्तै छ मन भने
नबाढ्नु खोक्रो कामना पापी छ मन भने
मेरो चोखो प्रेम कमाउनु नै त्यो तिम्रो जित हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो

लाग्दैन खुशी त के भयो म रुन्छु बेसकरी
सम्पूर्ण आफू आफ्मै म हुन्छु त्यस घडी
मेरो लागि यस्ता आशु नै जीवन अमृत हो
नसम्झ तिमी यो मेरो बिदाको गीत हो

स्वर : अरुणा लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *