Skip to content

बीच नदीको यो भूमरीमा


बीच नदीको यो भूमरीमा
जीवन नाउ पर्न गयो
न त वारि भएँ न त पारी गएँ
अब के हुने अलमल भयो

हुन हार भयो अनुहार गयो
मन बज्र परिकन जीर्ण भयो
मुटुका चिरा अन्गिन्ती भए
छरिएर सबै बिगिर्न भयो
न त वारि भएँ न त पारी गएँ
अब के हुने अलमल भयो

अब के छ र बाँकी सबै हुनु गो
जे नहोस् भनेर पुकार थियो
तन मात्र यहाँ मन पुग्छ कहाँ
अब खाली निराश शेष रह्यो
न त वारि भएँ न त पारी गएँ
अब के हुने अलमल भयो

कति बल्नु बल्यो
अति जल्नु जल्यो
सब भष्म बनेर डढिगयो
जति आस थियो विश्‍वास थियो
सबै धुवाँ भएर उडी गयो
न त वारि भएँ न त पारी गएँ
अब के हुने अलमल भयो

मति मन्द भए उन्मत भए
फिझि जगल्टा छाती फुटाए
अन्तर्दाह भई चिता चिताँए
तैपनि किन यो प्राण रह्यो
न त वारि भएँ न त पारी गएँ
अब के हुने अलमल भयो

स्वर – फत्तेमान राजभण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *