आज नभए भोलिको के अर्थ ?
तुना नभए चोलीको के अर्थ ?
बाजा घन्काउँदै जन्ती आए नि,
दुलही हराइन् डोलीको के अर्थ ?
पानी पर्दा नि कलकल नबग्ने,
सुख्खा— बगर—खोलीको के अर्थ ?
तन सुन्दर मन पापी भएपछि,
बनावटी मीठो बोलीको के अर्थ ?
सद्भाव घटाई दुश्मनी बढाउने,
रङ्ग, अविर र होलीको के अर्थ ?
माग्दै हिड्ने हालमा तुलाधर नै,
भिक्षा अनुरोध झोलीको के अर्थ ?
— खजुरा खुर्द १ बाँके, नेपालगन्ज
