१)
सोचे जस्तो सबैको मन हुने भए
अलग मुटुको एक धडकन हुने भए
किन दुःखी हुनेथें र कहीं कोही
चाहे जस्तो कसीलो बन्धन हुने भए ।
२)
साँचो माया नभएर पो गुनासो छ
कसैलाई दया नभएर पो गुनासो छ
जति आउछन दिल तोडेरै जान्छन
साथ दाँया बाँया नभएर पो गुनासो छ ।
३)
नमाग ती सुनका चुरा मसँग
जीवन कथा छन अधुरा मसँग
झन दुख्छ छट्पटिन्छ हीया
नसोध अब उनका कुरा मसँग ।
