खास त केही छैन यो जीवनमा जिन्दगीमा
म निदाको छैन अँझै नि तिम्रो यादमा ब्यूँझेकै छु
सास रोकिन खोज्छ अँझै नि तिम्रो यादमा बल्झेकै छु
जिउन त जिउछन् सबै अर्ध जीवन बाँचेकै छु
मर्नु अघि एक नजर अँझै पनि साँचेकै छु
म मरेको छैन अँझै नि तिम्रै यादमा बाँचेकै छु
आशुँ रित्तिदै छन् सुख मन तिम्रो लागि साँचेकै छु
टुटिदिन्छ हृदय मेरो बल्झिन्छन् घाउहरू
हाँसेर अघि बढ्न खोज्छु रोकिन्छन् पाउहरू
टुटिदिन्छ हृदय मेरो बल्झिन्छन् घाउहरू
हाँसेर अघि बढ्न खोज्छु रोकिन्छ पाउहरू
म हारेको छैन अँझै नि तिम्रो माया डुबेकै छु
म भागेको छैन तिम्रो प्रेममा अडेकै छु
शब्द – किशोर घिमिरे
स्वर – राजेश पायल राई
संगीत – प्रमोद निर्वाण
