Skip to content

कसैको हुन्छ प्यारै प्यार


कसैको हुन्छ प्यारै प्यार जिन्दगीमा
कसैको हुन्छ प्यासै प्यास जिन्दगीमा
मेरो त आशै आश जिन्दगीमा

लेखेको एक्लै हिड्नुछ भने
मागेर साथ कहाँ पाइन्छ र ?
जीवनको मोडमा एक पाइला
सिर्फ एक पाइलाको ढिलाइमा
ऊ हिंडेछ विपरित मोडमा

भाग्य पन्छिदियो सपना मरी गयो
साथ छुटी गयो विपना मरी दियो
खाली गुनासोहरू बाँकी रह्यो
खाली यादहरू बाँचिरह्यो

स्वर – प्रवेशमान शाक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *