मेरो माया राख तिमी कलेजाको माझमा
जुनिजुनिसम्म रहोस् माया तिम्रो पासमा ।
सँगै बाँच्ने सँगै मर्ने कसम खा’को थियो
कर्महारा रै’छौँ हामी डाडाँ कटाइदियो ।
सम्झनाले सताउँछ रातदिन मनमा
एक्लो भा’को महसुस हुन्छ रहेझैं वनमा ।
के भो आज हाम्रो माया कुन दैवले हर्यो
बाचुन्जेल जिन्दगीमा चोटमाथि चोट पर्यो ।
भन्थ्यौ मलाई मेरी माया शिरमा सिन्दुर लाइदेऊ
आखिरीमा तिमीले त अर्काको तिलकुश खाइछ्यौ ।
ढुङ्गा राख्यौ छातीमा गयौ डाडाँ काटी
फलामको छुरी हान्यौ मेरो जीवन माथि ।
पूर्णिमाको जूनजस्तो थियो हाम्रो माया
वरपिपलले ढाकी दियो पर्यो जीवन छायाँ ।
किन लगायौ झुट्टा माया मेरो मन चोरी
आखिरीमा किन गयौ मेरो जीवन छोडी ।
रातमा छैन निद्रा मलाई दिनमा छैन भोक
जिन्दगीमा खेलवाड गर्यौ किन पार्यौ शोक ।
–लेखबहादुर कार्की
त्रियुगा नगरपालिका–१२, कौवाई, उदयपुर
मो. नं. ९८०७७९६००८/९८१९७९२२४४
