Skip to content

आँखामा तिमीले आँशु भर्न


आँखामा तिमीले आँशु भर्न पर्दैन
आकाशमा बस्नु धर्ती झन पर्दैन

हुने हार दैव नटार कस्ले टार्न सक्छ
मेरो लागि ढुंगाको पाऊ पर्न पर्दैन

सफरमा भोलि तिमी एक्लै भयौ भने
साथ दिने भेटे कोही डर्न पर्दैन

सावनको झरीलाई कस्ले रोक्न सक्छ
अब कुनै फूल अच्छिता छर्न पर्दैन

गाह्रो होला भूल्न झन् तिमीलाई प्रेम
डुब्न लागेको ‘सूर्य’लाई गर्न पर्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *