हारजीतको कथा, यही नै जिन्दगानी
हाँस्ने रुनेको ब्यथा, यही नै जिन्दगानी
जिएको छ उस्ले, जस्ले सबै भोग्यो
नभोग्नेलाई के थाहा? यही नै हो जिन्दगानी
गरिबी को दु:ख, धनी को सुख यहाँ
दु:ख सुखको गाथा, यही नै हो जिन्दगानी
जेलिएको माकुराको, जालो जस्तै जहाँ
अल्झिएको यता उता, यही नै हो जिन्दगानी
दौडाउँछ समयले, अत्तो पत्तो केही हुन्न
रित्तिदिन्छ कता कता, यही नै हो जिन्दगानी
रञ्जना न्यौपाने
चरिकोट, दोलखा
